सुनको मूल्य तोलामा ५ हजार घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ, १२ असोज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु पाँच हजार र चाँदीको रु १४५ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ३०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ५१० निर्धारण गरिएको छ ।

आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ३०० र चाँदी प्रतितोला रु चार हजार ६५५ मा कारोबार भएको थियो ।

आजको मूल्यअनुसार सुन प्रतितोला रु पाँच हजार र चाँदी रु १४५ ले घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *