सुन तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो।

मूल्यवृद्धिसँगै छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *