आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो
काठमाडौँ, १७ कात्तिक। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य रु तीन हजार ७२० कायम थियो ।
