सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, सवारीसाधन रोकिए
चितवन, २२ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
आइतबार बिहान करिब १० बजे पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। सडक अवरुद्ध हुँदा दुवैतर्फका सवारीसाधन रोकिएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ।
थापाले थप पहिरो नखसेमा छिट्टै सडक दुवैतर्फी सञ्चालनमा आउने बताएका छन्।
