घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्गमा यातायात सुचारु

चितवन, २३ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि यातायात सेवा सुचारु भएको छ।

सोमबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो १ः३० बजेदेखि सञ्चालनमा ल्याइएको हो।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार दिउँसो १ः२५ बजेदेखि पहिरो व्यवस्थापनको काम सुरु गरिएको थियो।

मुग्लिन र धादिङतर्फबाट एक्साभेटर, लोडर र जेसीबीसहितका उपकरण प्रयोग गरी पहिरो पन्छाइएको हो।

उक्त स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो। सोमबार राति १ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौंको दिशामा पर्छ। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *