यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ९ मङ्सिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव परेको छैन । महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने आज दिउँसो मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
बिहीबार बिहान काठमाडौँ उपत्यका र विभिन्न खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल पनि ती क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ ।
