कोसीका मुख्यमन्त्री विरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
काठमाडौं, ७ भदाै । कोशी प्रदेशमा विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दायर गरेको रिटको पेशीमा आज सुनुवाइ हुँदैछ।
दायर रिटकाे न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा आज सुनुवाइ हुन लागेकाे हाे।
मुख्यमन्त्री उद्धव थापाले गैर-संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले थापा नेतृत्वको सरकार खारेजीको अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेकाे हाे।
कोसी सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले रिट दायर गर्नुभएकाे हाे ।
मुख्यमन्त्री थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहनुभएका इस्राइल मन्सुरीलाई मतदान गराएर गैर संवैधानिक तरिकाले विश्वासको मत प्राप्त गरेको एमालेका कार्कीको जिकिर छ।
यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो।
सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिएपछि थापाले सभामुख बाबुराम दाहाललाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।