आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे छ
काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु. १५२.५९ र बिक्रीदर रु. १५३.१९ निर्धारण गरिएको छ।
यसैगरी युरोपियन युरोको खरिददर रु. १७६.९६ र बिक्रीदर रु. १७७.६५, बेलायती पाउन्ड स्टर्लिङको खरिददर रु. २०६.१८ र बिक्रीदर रु. २०६.९९, स्विस फ्र्याङ्कको खरिददर रु. १८७.३४ र बिक्रीदर रु. १८८.०८ तोकिएको छ।
अष्ट्रेलियाली डलरको खरिददर रु. १०९.४१ र बिक्रीदर रु. १०९.८४, क्यानाडेली डलरको खरिददर रु. ११०.१९ र बिक्रीदर रु. ११०.६२ तथा सिंगापुरी डलरको खरिददर रु. १२०.३५ र बिक्रीदर रु. १२०.८३ निर्धारण गरिएको छ।
त्यस्तै जापानी येन (प्रति १०) को खरिददर रु. ९.९० र बिक्रीदर रु. ९.९४, चिनियाँ युआनको खरिददर रु. २२.७५ र बिक्रीदर रु. २२.८४, साउदी रियालको खरिददर रु. ४०.६३ र बिक्रीदर रु. ४०.७९ तथा कतारी रियालको खरिददर रु. ४१.८६ र बिक्रीदर रु. ४२.०२ कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाटको खरिददर रु. ४.६२ र बिक्रीदर रु. ४.६४, युएई दिरहमको खरिददर रु. ४१.५५ र बिक्रीदर रु. ४१.७१, मलेसियाली रिङ्गेटको खरिददर रु. ३७.४९ र बिक्रीदर रु. ३७.६३, दक्षिण कोरियाली वन (प्रति १००) को खरिददर रु. ११.३७ र बिक्रीदर रु. ११.७७, स्विडिस क्रोनरको खरिददर रु. १५.७५ र बिक्रीदर रु. १५.८१ तथा डेनिस क्रोनरको खरिददर रु. २३.६७ र बिक्रीदर रु. २३.७७ तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलरको खरिददर रु. १९.४६ र बिक्रीदर रु. १९.५३, कुवेती दिनारको खरिददर रु. ४९७.६० र बिक्रीदर रु. ४९९.५६, बहराइनी दिनारको खरिददर रु. ४०४.७२ र बिक्रीदर रु. ४०६.३१ तथा ओमानी रियालको खरिददर रु. ३९६.३३ र बिक्रीदर रु. ३९७.८९ कायम गरेको छ।
भारतीय रुपैयाँ (प्रति १००) को खरिददर रु. १६० र बिक्रीदर रु. १६०.१५ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार यो विनिमयदर जुनसुकै बेला पनि संशोधन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले जनाएको छ।
