अविरलकाे वर्षाले हेलम्बुस्थित सरस्वती माविको जमिन कटान, शौचालय बगायो

सिन्धुपाल्चोक, ८ भदाै । अविरलकाे वर्षाले सिन्धुपाल्चोककाे हेलम्बुस्थित सरस्वती माविको जमिन कटानसंगै शौचालय बगाएकाे छ भने विद्यालय जाेखिममा परेकाे छ ।

बुधवारदेखि आएकाे अविरल वर्षाका कारण नदीले धार परिवर्तन गर्दा कटानले ‍हेलम्बु गाउँपालिका-४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएकाे छ भने विद्यालय उच्च जोखिममा परेको हाे ।

बाढीले विद्यालय भवनकाे एकभागकाे जगनै बगाएर लगेकाे छ भने विद्यालयको चौरसम्म पानी आइसकेको छ । बाढीले विद्यालयमा क्षति पुर्याएपछि ग्याल्थुमको माथिल्लो बजार पनि उच्च जोखिममा परेको छ ।

बाढीले धार परिवर्तन गरेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *