मेयर बालेन साहलाई लक्षित गर्दै काठमाडौं प्रशासनको धम्कीपूर्ण विज्ञप्तिः कानुनको बर्खिलाप नगर्नू

काठमाडौं, १८ भदौ । काठमाडौं महानगर पालिकाका मेयर बालेन साहलाई सामाजिक सञ्जालमा जथाभावी नलेख्नु भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गरेको छ । मेयर साहले विदाका दिन सकारी नम्बर प्लेटको सवारीमा उहाँको पत्नी सवार रहेको र सुरक्षा जाँचमा रहेको प्रहरीले केरकार गरेको भन्दै उत्तेजित अभिव्यक्तिसहितको सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको थियो ।

उहाँको त्यो सूचनामा सिंहदरबारमा आगो लगाउने भन्दै सरकारलाई समेत चोरको संज्ञा दिनुभएको थियो । पदीय जिम्मेवारीमा रहेका साहको त्यस्तो तुच्छ अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि साहले दुईदिनपछि आफ्नो स्ट्याटस हटाउनु भएको थियो । उहाँले उहाँको सूचनाको आलोचना भएपछि सेन्टिमेण्ट लिन विभिन्न हर्कत गरे पनि ति सबै नक्कली हर्कत भएको खुलेसँगै उहाँले स्ट्याटस नै मेट्नु भएको थियो । अघिल्लो दिन स्ट्याटस लेख्नु भएका मेयर साहले सचिवालयको नामबाट चेकजाँचमा रहेको ट्राफिक प्रहरीलाई मदिरा सेवन गरेकोलगायतका कपोलकल्पित र भ्रामक आरोप लगाएर विज्ञप्ति निकाल्नु भएको थियो । त्यो विज्ञप्तिपछि पनि उहाँको आलोचनामा मथ्थर नभएपछि उहाँले अराजक अभिव्यक्तिसहितको सूचना नै डिलिट गर्नुभएको थियो ।

एकपछि अर्को गर्दै सामाजिक सञ्जालको दुरुपयोग गर्दै साहले भ्रम फैलाउने काम गरेपछि प्रशासनले बाध्य भएर विज्ञप्ति निकालेको हो । ‘सरकारी स्रोत–साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधानको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मर्फत विगतदेखि नै हुँदै आएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सन्र्दभमा गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको छ ।’

प्रशासनले विज्ञप्ति जारी गर्दै सरकारी कामका लागि विदाका दिनमा सरकारी सवारी साधान प्रयोग गर्नुपर्दा तोकिएका धिकारीबाट जारी भएको सरवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको प्रति ध्यानाकर्षण गराएको छ । ‘यसबाट निजी काममा सरकारी सवारी साधानको प्रयोगमा कमी आइ मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘गृह मन्त्रालयको निर्देशन अनुसार सरकारी स्रोत साधानको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशी रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने छ ।’

मितव्यता, शान्ति–सुरक्षा तथा सुशासन अभिवृद्धिका लागि स्थानीय प्रशासनबाट सम्पादित यस्ता कार्यमा आम नागरिकबाट प्राप्त साथ, समर्थन र सहयोगले उच्च मनोवलका साथ कार्य गर्न थप उत्पे्ररित बनाउने कुरा पनि ध्यानाकर्षण गराएको छ ।

‘सुरक्षाकमी एवं कर्मचारीहरुमा विद्यामान कानुन एवं नीति निर्देशनको पालना गर्न गराउन अहोरात्र पिल्डमा खिटएर काम गर्दै आएका छन्,’ विज्ञप्ति मै भनिएको छ,‘आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न यसरी खटिने सुरक्षाकर्मी र कर्मचारीहरुलाई जिम्मेवार सरकारी निकाय, पदाधिकारी नागरिक समाज र आम नागरिकका तर्फबाट उचित सहयोग, समर्थन र हौसला सदैव अपेक्षित हुन्छ । कार्यक्षेत्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरुका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्वन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्षम जानकारी हुन आएको खण्डमा प्राप्त गुनासो उपर छानविन गरी आवश्यक निर्णय हुने छ ।’

विज्ञप्तिमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेकहरलाई निरुस्ताहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिहरु प्रति कार्यलयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्टसेवक कर्मचारीलाई कर्तव्य पालनमा वाधा अवरोध गर्दै विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तज्य जारी नगर्नु नगराउन सम्वन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले अवलम्बन गरको लकतन्त्र र विधिको शासनले कानुको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित गरेको व्यहोरा जागजाहेर छ । प्रचलिन कानुनको वर्खिलाप गरिने जुनसुकै गतिविधिहरु नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिवद्ध रहेको छ । अतः यस कार्यमा अहोरात्र क्रियाशील नियकाय तथा आवद्ध राष्ट्रसेवकलाई साथ, सहयोग र हौसला प्रदान गर्न आम नागरिक समक्ष हार्दिक आग्रह गरिन्छ ।’

मेयर साहले शनिबार राती ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भन्दै सामाजिक सञ्जालमा एक सन्देश लेखेपछि त्यो सन्देशले एक ढंगको तरंग सिर्जना गरिदिएको थियो । मेयर साहले राज्य र कानुनलाई नै खुला चुनौति दिएको यो पहिलो पटक भने होइन । बालेनले गत चैत २५ गते सामाजिक सञ्जालमा ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।

साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’ भन्दै विवादास्पद् अभिव्यक्ति दिएपछि त्यतिबेला मेयर बालेनको आलोचना भएको थियो । सामाजिक सञ्जालमा निकै राम्रो फलोअर्स रहेका कारण अराजक अभिव्यक्तिमा हौसिदैँ आएका मेयर साहले गत वैशाख १९ गते ‘नयाँ–पुराना सबै नेताहरू चोर हुन्’ भनेर अर्को अभिव्यक्ति दिएपछि त्यसले पनि विवाद सिर्जना गरेको थियो । फेरि असार ७ गते ‘कानुन र अदालत मान्दिनँ’ भन्दै अराजक अभिव्यक्ति दिने बालेन साह एकपछि अर्को गर्दै सरकारप्रति आक्रमक रुपमा अराजक अभिव्यक्तिसहित खनिने कारणले अराजकताले प्राथमिकता पाउँदै आएको छ ।

त्यसो त एकपछि अर्को अभिव्यक्तिमा सरकार मौन बसेपछि हौसिएका मेयर साहले सीमा नाघेरै अराजक अभिव्यक्ति दिदाँ पनि सरकार भने निरीह बन्नुले सरकार कतिसम्म कमजोर धरातलमा उँभिएको छ भन्ने समेत सन्देश दिएको छ ।