ऐसेलुखर्क माध्यमिक विद्यालयले गर्याे हालसम्मका पूर्व विद्यार्थीहरूकाे अभिनन्दन (सूची सहित)
सिन्धुपाल्चाेक, २६ असाेज । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकामा अवस्थित ऐसेलुखर्क माध्यमिक विद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूकाे अभिनन्दन गरेकाे छ ।
विद्यालयले स्थापनाकालदेखि हालसम्म विभिन्न ओहोदामा रहेर देशको सेवा गरिरहेका एकसय दुई जना पूर्व विद्यार्थीहरूलाई अभिनन्दन गरेकाे हाे।
बागमती प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा पूर्व विद्यार्थीहरूकाे अभिनन्दन गरिएकाे थियाे ।
मन्त्री दुलालले पूर्व विद्यार्थीहरूलाई सम्मान गर्दै यस विद्यालयमा पढेका धेरै विद्यार्थीहरु सरकारको विभिन्न ओहोदाहरुमा रहेर देशको सेवा गरिरहेको बताउँदै यसमा बिद्यालय र समाजले गौरवको महसुस गरिरहेको बताउनुभयो ।
मन्त्री दुलालले विद्यार्थी देशको भविष्य भएकाे बताउँदै उहाँले विद्यार्थीलाइ आफ्नो लागि मात्र नभई देशकै हितमा काम गर्नुपर्ने बताउनुभयाे ।
विद्यालयले स्थापनाकालदेखि हालसम्म उद्योगपति, पूर्व मन्त्री, गायक, कलाकार, खेलाडी, जनप्रतिनीधि, पूर्व गाउँपालिका अध्यक्ष, पूर्व वि.व्य.स. अध्यक्ष, पूर्व वडाध्यक्ष, सम्पादक, पत्रकारलगाएतका पूर्व विद्यार्थीहरूलाई अभिनन्दन गरेकाे विद्यालय व्यस्थापन समितिका अध्यक्ष मिनामैया थापाले जानकारी दिनुभयाे ।
विद्यालयले अभिनन्दन संगै बडा दशैंकाे अवसरमा शुभकामना आदान प्रदान पनि गरेकाे थियाे ।
हेर्नुहाेस सूची
