संस्कृति र रिति रिवाज बचाउन ताण्डव नृत्य
काठमाडाैं, २८ असाेज । संस्कृति र रिति रिवाज बचाउन ताण्डव डान्स ट्रेनिंग सेन्टरले ताण्डव नृत्य आयाेजना गरेकाे छ ।
काठमाडाैंकाे पकनाजाेलस्थित याेगमुभी गार्डेनमा नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा ताण्डव नृत्य कार्यक्रम आयाेजना गरिएकाे हाे ।
सन् २०१८ मा स्थापित ताण्डव डान्स ट्रेनिंग सेन्टरद्वारा आयाेजना गरिएकाे ताण्डव नृत्यकाे मुख्य लक्ष्य भनेकाे सामाजिक तथा सांस्कृतिक दुवै पक्ष समेट्दै युवाहरूको कलालाई परिष्कृत गर्ने लक्ष रहेकाे छ ।
ताण्डव डान्स ट्रेनिंग सेन्टरले एउटा नया परिवर्तनका लागि भगिरथ प्रयास गरिरहेकाे छ । सेन्टरले आउने दिनहरूमा यस्ता कार्यक्रम गर्दै जाने लक्ष लिएकाे छ ।
सेन्टरले नवरात्री कार्यक्रममा डान्स र संगीतबाट गरिएकाे ताण्डव नृत्यले संस्कृति र रिति रिवाजलाई बचाउन मद्दत गरेकाे बताएका छन् ।
ताण्डव नृत्य समूहमा निशा हमाल फ़ाउण्डर तथा डान्स काेरियाेग्राफर र हाम्रो म्युजिक प्राेडक्टर संदेश हमाल र ताण्डवको एडिटर ज्ञानेन्द्र हमाल गायक सागर कटुवाललगाएत छन् ।
