गोली प्रहारबाट घाइते भएका प्रिन्सिपल सरार्फको मृत्यु
बारा, १३ कात्तिक । अज्ञात समूहकाे गोली प्रहारबाट घाइते भएका बाल एकता इङिलस बोर्डिङ्ग स्कुल बाराका प्रिन्सिपल रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको अज्ञात समूहले गोली हानेको थियो ।
कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएपछि उनलाई उपचारका लागि कलैया अस्पताल हुदै वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो ।