विमानस्थलमै झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं, १७ कात्तिक । रामेछापकाे मन्थली विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरेकाे हाे ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहाल गरेर झगडा गरेका थिए ।

उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।