३८० किलो गाँजासहित चितवनबाट २ जना पक्राउ

काठमाडौं, ३ पुस । चितवनबाट ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका-१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको राखिएकाे २८ पोका गाँजा बरामद गरिएकाे हो ।

पक्राउ पर्ने दुई जना चालक र सहचालक रहेका छन् भने प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *