‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन
काठमाडौं, १७ वैशाख । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । उहाँकाे खास नाम चिदम्बरमप्रसाद लोहनी हाे ।
अल्माइजर पीडित उहाँको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उहाँको निधन भएको हो ।
उनको पार्थिव शरिरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाए ।
उहाँ गायक समेत हुनुहुन्छ भने उहाँले रेडियो नेपालमा केही गीत समेत रेकर्ड गराउनुभएकाे थियाे ।