काठमाडौँका यी स्थानमा भोलिदेखि एक साता विद्युत् अवरुद्ध हुने

काठमाडौं, २८ वैशाख । काठमाडौंका विभिन्न स्थानमा भोलिदेखि एक सातासम्म विद्युत् अवरुद्ध हुने भएकाे छ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान जारी गरेकाे सूचना अनुसार स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन झण्डै एक साता अवरुद्ध हुने जानकारी गराएको हो ।

भोलि वैशाख २९ गतेदेखि वैशाख ३१ गतेसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै आगामी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।

स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडान गर्नको लागि विद्युत् सेवा बन्द गरेर काम गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

शनिबारदेखि आगामी सोमबारसम्म काठमाडौँको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतम गाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महांकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्ती गाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुंगा, खड्का गाउँ, खत्री गाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

त्यसैगरी सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्का गाउँ, न्युडाइमण्ड, पुरानो हिमशिखर, पिलबोट, थानकोट, डाँडा कारखान, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि बत्ती जानेछ । त्यसैगरी पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्जयाङ, बाईछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी आगामी जेठ २ गतदेखि ४ गतेसम्म थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यसैगरी बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुंगेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जानेछ ।