नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा
भक्तपुर, ३ जेठ । वैशाख पूर्णिमा अर्थात बुद्ध सम्वत् २५६८ बुद्धजयन्तीको अवसरमा हुनलागेकाे बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा भएकाे छ ।
बुद्ध जयन्ती समारोह समिती, मुनि बिहार भक्तपुरको आयोजनामा, साइकल कनेक्ट भक्तपुरको संयोजन तथा जुजु बाइक्सको प्राविधिक सहयोगमा यही जेठ ५ गते आयोजना हुने नैचाल-मालीगाऊँ बुद्ध दर्शन साइकल यात्रा हुनलागेकाे हाे ।
भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन पारेर गर्न लागकाे साइकल यात्राको तयारी पुरा भएकाे पनि आयाेजक कमिटीले जनाएकाे छ ।
बिगत ३ वर्ष देखि मुनि बिहारले बुद्ध पुर्णिमाको साप्ताहिक कार्यक्रम अन्तर्गत साइकल यात्रालाई पनि समावेश गर्दै आएको छ। साइकल यात्रामा सहभागी हुन भक्तपुर लगायत काठमाडौं, पाटन, किर्तिपुरबाट पनि सहभागीहरूले नाम दर्ता गराउनु भएको छ।
यस कार्यक्रमको लागि १०९ जनाले नाम दर्ता गराउनु भएको कार्यक्रम संयोजक सुमित बालाले जानकारी दिनु भयो। साइकल यात्रा भक्तपुर ईनाचो अवस्थित मुनि बिहारबाट बिहान ७ बजे बाट शुरू हुनेछ ।
साइकल यात्रा सुकुलध्वाका, तःमारी, राम मन्दिर, सुर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, पाटी भन्ज्याङ, बोक्चे घ्याङ्ग (बुकाचो गढी), नैचाल गोम्बा डाँडा, काक्राबारी, मालीगाँउ बुद्ध पार्क पुगेर सिपाडोल डोलेश्वर हुदैँ पुनः मुनि बिहारमा पुगेर समापन हुनेछ।
साइकल यात्रीहरूलाई नैचालमा गोम्बा डाँडा संरक्षण समितिबाट तथा मालिगाँउमा स्थानीय अगुवाहरूबाट स्वागत तथा सम्मान कार्यक्रम हुने साथै भैषर्य वास पस:, इनाचोले स्वास्थ्य सेवा प्रदान गर्ने आयाेजकले जनाएकाे छ ।
