सुनचाँदीको मूल्यमा फेरि बढोत्तरी: प्रतितोला सुन ३ लाख नाघ्यो

 

काठमाडौँ । स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार ७०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेको हो।

मूल्य वृद्धि संगै आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख १ सय रुपैयाँ कायम गरिएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ। मङ्गलबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्य निरन्तर प्रभावित भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *