पाँच हजार बढी नेपाली दर्शकको प्रत्यक्ष हौसलामा पनि नेदरल्याण्ड्ससँग नेपाल स्तब्ध (१० तस्बिर)
काठमाडौं, २३ जेठ । करीब पाँच हजार नेपाली समुदायमाझले अमेरिकाको ड्यालस ग्रान्डप्रेरी क्रिकेट रंगशालामै पुगेर निरन्तर दिएको हौसलाका सामू पनि नेपालले आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्वत समूहको आफ्नो पहिलो खेलमा जित निकाल्न सकेन ।
नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित नेपाललाई हौसला दिन रंगशाला नै पुगेका हजारौँ नेपाली समेत निरास भएका छन् । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेठ विकेट गुमाएर पूरा गरेसँगै नेपालीहरु जितको नजिता हेर्न नपाएपछि निरास बनेका हुन् ।
टेक्ससमा भएको टी–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयको सुरूवात गर्न नसके पनि नेपाली र विश्वभरीबाट प्रत्यक्ष क्रिकेट हेरिरहेका करोडौँको मन जित्न सफल भएको छ । रंगशालामै पुगेर प्रत्यक्ष खेल हेर्नु भएका सञ्चारकर्मी रामचन्द्र भट्टले नेदरल्याण्ड्ससँग खेलेर उस्लाई दबाबमा राख्नु पनि ठूलो उपलब्धी भएको उल्लेख गर्नुभएको छ ।

‘प्यारापिटमा बसेर अनि टेलिभिजन, कम्प्युटरको लाईभ हेरेर भनेजस्तो सजिलो हुँदैन गेम खेल्न। नेपाली खेलाडीले जे गरे, जति गरे राम्रो गरे ।
नेपाल यहाँसम्म आउनु र नेदरल्याण्ड जस्तो देशसँग भिड्नु नै उपलव्धी हो,’ रंगशालाबाट खेल हेरेर फर्किएपछि उहाँले लेख्नु भएको छ, ‘नेपाली खेलाडीहरु, तपाईँहरुले गर्नुभएको प्रयास धेरै राम्रो थियो । खेल जित्नु भनेको भाग्य पनि हो, सबै कुराको संयोजन पनि हो, विपक्षी टिमको अनुभव कस्तो छ भन्ने कुरा पनि हो ।
नेपाली टीमलाई ड्यालसले देखाएको सत्कार, सहयोग र समर्थन निकै उत्कृष्ठ थियो ।’ भट्टका अनुसार नेपाली टोलीलाई हौसला दिन अमेरिकाका ५० वटै राज्यहरूबाट नेपालीहरू ड्यालस पुगेका थिए ।

हो, भट्टले भने जस्तै खेल निकै रोमाञ्चक भएको थियो । म्याक्स ओ डडको अर्धशतकमा नेदरल्यान्ड्सले नेपालसँगको खेलमा नेपाललाई ६ विकेटले पराजित गर्यो । डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बल अगाडि नै १ सय ९ रन बनाउदै पूरा गरेको थियो ।
४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए । बास डेल लिड ११ रन बनाई अविजित रहे ।
उनले अविनाश बोहराको बलमा विजयी चौका प्रहार गरे ।
नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो । कुशल मल्ल ९, दीपेन्द्रसिंह १, सोमपाल शुन्यमा आउट भएका थिए ।
तस्बिरः अमेरिकामा रहनुभएका सञ्चारकर्मी रामचन्द्र भट्टबाट