सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा लाग्यो सर्किट ब्रेक
काठमाडौं, १८ असार । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक बढेको छ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ । सर्किट ब्रेकसंगै २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको छ ।
कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।