सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
काठमाडौं, १८ असार । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।
सेयर बजारमा कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको छ ।
कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।