नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ
काठमाडौं, २० साउन । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज सपथ लिनुभएकाे छ ।
पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सपथ लिनुभएकाे हाे ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समक्ष मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।