सुनकाे भाउमा आजपनि नयाँ रेकर्ड, ताेलामै पुग्याे १ लाख ६० हजार
काठमाडौं, ९ असोज । सुनको मूल्यले आजपनि नयाँ रेकर्ड कायम गरेकाे छ । दिनहुँजसाे सुनकाे भाउले नयाँ रेकर्ड कायम गर्दै गइरहेकाे छ ।
बुधबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले भाउ बढेर १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।
सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि नेपालमा प्रभाव परेको हो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १९ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।