न्युजिल्यान्ड बन्याे महिला क्रिकेटकाे नयाँ विश्व च्याम्पियन

काठमाडौं, ५ असाेज । न्युजिल्यान्ड महिला क्रिकेटकाे नयाँ विश्व च्याम्पियन बनेकाे छ । न्युजिल्यान्डले ३२ रनको ऐतिहासिक जित हात पारेसँगै महिला क्रिकेटकाे नयाँ विश्व च्याम्पियन बनेकाे हाे ।

आइतबार भएको महिला टी–२० विश्वकपको फाइनलमा न्युजिल्यान्डले डिफेन्डिङ उपविजेता दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि हातपारेकाे हाे ।

समूह चरणमा ६ अंक र प्लस ०.८७९ को नेट रनरेटका आधारमा सेमिफाइनलमा स्थान बनाएको टोलीले यस प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको हो।

यसअघि अक्टोबर १८ मा वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो। दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनायो। जवाफमा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो। यसरी न्युजिल्यान्डले आफ्नो पहिलो उपाधि जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *