नेप्सेसंगै बढ्याे काराेबार रकम, १० अर्ब ३२ करोडकाे काराेबार
काठमाडाैं, २९ कात्तिक । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १३.९५ अंक बढेर २७४८.७८ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब ८ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको १ लाख १ हजार ५४५ पटकको कारोबारमा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँ बराबरको २ करोड १६ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, यस दिन ङादी ग्रुप पावर र माछापुच्छ्रे बैंकको शेयर साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने कुमारी बैंकको १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक ९.१२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३५ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने समृद्धि फाइनान्सको साढे २७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।