नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर, यी हुन नेपालमा देखिने सकारात्मक प्रभाव

बेइजिङ, १८ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपल’ मा स्वागत गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी हुनुहुुन्थ्यो । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओली अहिले विभिन्न औपचारिक कार्यक्रममा व्यस्त हुनुहुन्छ । औपचारिक कार्यक्रमकै सिलसिलामा दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । सोही क्रममा नेपाल र चीनबीच बहुप्रतिक्षित विआरआई सम्झौतामा हस्ताक्षर भएको छ भने प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको प्रधानमन्त्रीले दुई पक्षीय वार्तापछि उहाँहरुकै उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौताले नेपाललाई विश्वको दोश्रो ठूलो (पहिलो उन्मुख) अर्थतन्त्र चीन र चीनमार्फत युरोप तथा उत्तर पूर्वी एशियामा सहज पहुँज अर्थात ल्याण्डलक्ड नेपाल ल्याण्डलिंण्ड बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी एकल केन्द्रित (आश्रित) नेपाली अर्थतन्त्र बहुकेन्द्रित हुने भएको विज्ञहरुले दाबी गरेका छन् । त्यसैगरी यो सम्झौतापछि नाकाबन्दी शब्दकोषमा सिमित हुने अनुमान गरिएको छ भने कालान्तरमा पर्यटनमा कायापलट आउने र प्रधानमन्त्री ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नाराले सार्थकता पाउने अनुमान पनि गरिएको छ ।