ललितपुर हत्या प्रकरण : एक जना छुटे, दुईमाथि अनुसन्धान हुँदै

काठमाडाैं, १० पुस । ललितपुरको च्यासलमा चक्कु प्रहार गरी हत्या गरिएको घटनामा पक्राउ परेकामध्ये एक जना रिहा भएका छन् ।

ललितपुर महानगरपालिका-९ च्यासलस्थित द टाउन क्याफेमा सोमबार राति सुनसरीको इटहरी घर भएका २३ वर्षीय नयन गुरूङको चक्कु प्रहार गरी हत्या भएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रेष्टुरेन्टकै कर्मचारी २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट पक्राउलाई पक्राउ गरेका थिए ।

जसमध्ये प्रहरीले पदमलाललाई रिहा गरेका छन् । घटनामा संलग्नता नदेखिएपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिनुभएकाे छ ।

बाँकी दुई जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरूमध्ये हेमराजले चक्कु प्रहार गरेको जनाइएको छ ।