बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सम्पन्न

काठमाडौँ, १ फागुन । नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्दा बबरमहलमा फुटेको मेलम्ची खानेपानीको थोक वितरण प्रणालीको पाइप मर्मत गरिएको छ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि करिब २० घण्टामा पाइप मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

पाइप मर्मतपछि पानी परीक्षण सुरु गरिएको छ र परीक्षण सम्पन्न हुनासाथ वितरण प्रक्रिया सुरु गरिनेछ। मन्त्री यादवले विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

बुधबार बबरमहलमा पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो र विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो।

बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *