राष्ट्रियसभामा दशैँ–तिहार अघि उपभोग्य वस्तुको अभाव हुन नदिन माग

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना पकाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताएका छन्।

सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिकिँदा पनि ग्यास नपाइने र उपभोग्य वस्तुको मूल्यवृद्धिजस्ता समस्या समाधान हुन नसकेको गुनासो गरे।

सदस्य विष्णुबहादुर विश्वकर्माले प्रसववेदनाबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन जाँदै गरेका प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्यायको विषय उठाउनुपर्ने बताए। सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको ख्याल नगरी नदी किनारमा ठूला बस्ती बसाउँदा समस्या भएकाले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताइन्।

सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेनजी आन्दोलन भएको उल्लेख गर्दै त्यो मुद्दा अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सदस्य गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई बिना भेदभाव राहत दिनुपर्नेमा त्यस्तो हुन नसकेको गुनासो आएको सुनाइन्।

सदस्य धर्मेन्द्र पासवानले सरकारले शिक्षा क्षेत्रबारे ठोस नीति ल्याउनुपर्ने माग गरे भने सदस्य जगतबहादुर पार्कीले जनताले सरकारको व्यवहार परिवर्तन भएको हेर्न चाहेकाले त्यसअनुसार प्रस्तुत हुनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *