नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै साढे ९ अर्बको कारोबार

काठमाडौँ, ४ फागुन । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.५६ अंकले बढेको छ। नेप्से परिसूचक यसदिन २६९८.०३ विन्दुमा पुगेको हाे ।

यसदिन ३०९ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यसदिन म्युचुअल फन्ड र निर्जीवन बीमा समूह बाहेक अन्य सबै समूहको उपसूचक बढेको छ। वित्त समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ।

यसदिन विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।