प्रशिक्षक रोसले बोलाए ३० खेलाडीलाई बन्द प्रशिक्षणमा

काठमाडौँ, २० फागुन । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक म्याट रोसले मङ्गलबार ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्र खेल र मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनोटका लागि प्रशिक्षक रोसले प्रारम्भिक चरणमा रहने खेलाडी चयन गरेका हुन् । नेपालले मार्च २१ तरिखमा सिङ्गापुरमा खेल्दैछ । चार दिनपछि मलेसियाविरिुद्ध एएफसी एसियन कप छनोट २०२७ मा नेपाल सहभागी हुनेछ । होम एन्ड अवेअन्तर्गत नेपालमै हुनुपर्ने खेल मलेसियाका सुल्तान इब्राहम रङगलशामा हुन लागेको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले मैदान स्तरीय नभएको कारण देखाएर दशरथ रङगशालामा हुने खेल मलेसयालाई सुम्पेको हो ।
एएफसी एसियन कप छनोटको समूह एफमा नेपाल र मलेसियासहित भियतनाम र लाओस पनि रहेका छन् । गत आइतबार नियुक्त हुनुभएका प्रशिक्षक रोसको रेखदोमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्नेछ ।
प्रारम्भिक टिमः
गोलरक्षक ः
कप्तान किरण कुमार लिम्बु, विशाल सुनार, दिप कार्की, अभिषेक बराल र एञ्जल श्रेष्ठ
डिफेन्डर ः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ र अशोक खवास
मिडफिल्डर ः
लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, आयुष घलान र कृतिश रत्न छुन्जु
स्ट्राइकर ः अञ्जन बिस्ट, जिलेस्पी जंग कार्की, समिर तामाङ, दिनेश हेन्जान, सुवास ठकुरी बम र निराजन धामी ।