एनएसलमा झापा र बुटवललुम्बिनीको बराबरी
काठमाडौँ, चैत १७ गते । नेपाल सुपर लिग (एनएसएल)मा आइतबार दस खेलाडीमा सीमित बनेको बुटवल लुम्बिनी एफसीले झापा एफसीलाई गोलरहित बराबरीमा रोकेको छ ।
दशरथ रङगशालामा भएको खेलमा बुटवल लुम्बिनीका गोलरक्षक दीप कार्की नायक बनेपछ झापा जितबाट वञ्चित भयो । पूर्वार्धमा झापाले शृङखलावद्ध आक्रमण गरेको थियो । खेलको आठौँ मिनेटमै नाइजेरियाली फरवार्ड अल्हाजी गेरोले गरेको प्रहार बुटवलका गोलरक्षक दीपले विफल पारेका थिए । १३ औँ मिनेटमा इसाएभ मुखाम्मदको प्रयासलाई पनि गोलरक्षक दिपले सफल हुन दिएनन् । २२ औँ मिनेटमा झापाका अजामत अब्दुलायभको हेडरमा पनि दिप नै बाधक बने । २३औँ मनेटमा लाजरलाई पनि दिपले निराश बनाए ।
खेलको ३८ औँ मिनेटमा बुटवल लुम्बिनीका फिलिप अजाहले डिबक्सबाहिरबाट प्रहार गरेको बललाई झापाका गोलरक्षक नेमान्जा लेमाजिचले विफल पारे । जुन बुटवल लुम्बिनीको खेल अवधिभर एकमात्र उल्लेखलायक आक्रमण थियो । खेलको ७० औँ मिनेटमा कप्तान एरिक विष्टले रातो कार्ड पाएपछि झापालाई आप्mनो लयमा फर्कने अवसर मिलेको थियो । यद्यपि झापाले गोल गर्न सकेन । गत संस्करणमा झापाले बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो ।