बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता प्रशोचन गर्दै केन्द्रीय बैंक: १९ दिने निक्षेप सङ्कलन उपकरणका लागि बोलकबोल आह्वान

काठमाडौँ, २६ असार । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै अल्पकालीन अवधिको मौद्रिक उपकरणमार्फत उक्त परिमाणको रकम सङ्कलन गर्न लागेको हो।

राष्ट्र बैंकले १९ दिने अवधिको निक्षेप सङ्कलन उपकरणका लागि आजै (शुक्रबार) दिउँसो ३ः०० बजेसम्म बोलकबोलको समय तोकेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिन सक्नेछन्।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन्। लगानीकर्ता संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने प्रावधान राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *