सुनको मूल्यमा फेरी किर्तिमान, प्रतितोला कति पुग्याे ?

काठमाडौँ, १८ चैत । स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च अङ्कमा पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो भने आज फेरि नयाँ उचाइमा पुगेको हाे ।

आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।