तिनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

काठमाडाैं, २० चैत्र । सरकारले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जन र समाचार संकलनका क्रममा आगलागीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।

स्रोतका अनुसार मन्त्रालयले सञ्चारमाध्यमहरूमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेकाे जनाएकाे छ ।