एपीएफ र पुलिस दुवै टिमको उपाधि जित्ने दाबी
काठमाडौँ, ११ वैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताकोको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन ।
नेपालगन्जमा बिहिबार फाइनलअघि दुवै टिमले सो दावी गरेका हुन् । एपीएफ क्लबका प्रशिक्षक भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताएकी छिन् । उनले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउदै नतिजा आफूहरुले जित्ने दाबी गरेकी हुन । यस्तै कप्तान अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिएकी छिन् । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उनले बताइन् ।
नेपाल पुलिस क्लबका प्रशिक्षक सुमन सुवेदीले खेल जित्नको लागि रणनिती बनाएर अगाडी बढ्ने उदघोष गरेका छन् । कप्तान निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै उपाधि जित्ने सपना पनि पुरा हुने बताइन् । उनले फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने ब्यबस्थापकिय कामहरु गर्नुपर्ने सुझाव दिएकी छिन् ।
एपीएफ क्लबले कर्णालीलार्ई ६—० र रौतहटलाई ३ —० ले तथा नेपाल पुलिस क्लबले भारतीय टीम सिलुगुडीलाई ४—० र भिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हुन् ।
प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।