सुनकाे मूल्य तोलामा दुई हजारले घट्यो, कतिमा पुग्याे ताेलाकाे ?
काठमाडौँ, ३० वैशाख । सुनकाे मूल्य आज तोलामा रु दुई हजारले घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ ।
सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको हाे। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।
शुक्रबार प्रतितोला सुन रु एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।