मोरङ बाल सुधार गृहबाट तीन किशोर फरार, प्रहरीद्वारा खोजी कार्य जारी
विराटनगर, ३० वैशाख । विराटनगरमा रहेको कोशी बाल सुधार गृहबाट सोमबार तीन जना किशोर भागेका छन्।
प्रहरीका अनुसार भाग्नेमा उदयपुर, झापा र ताप्लेजुङका १७ देखि १८ वर्ष उमेर समूहका किशोर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले फरार किशोरहरुको खोजी भइरहेको जानकारी दिनुभयो।
फरारमध्ये उदयपुरका एक १८ वर्षीय किशोरलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो र उनी तीन वर्षदेखि सुधार गृहमा रहेका थिए। झापा र ताप्लेजुङका अन्य दुई किशोर भने पाँच महिनाअघिदेखि पुर्पक्षका लागि सुधार गृहमा राखिएका थिए।