सुनको मूल्य बढ्यो, कतिमा भयाे काराेबार ?
काठमाडौँ, २० जेठ । सुनको मूल्य बढेर काराेबार भएकाे छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हाे ।
सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको रु एक लाख ९२ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ४५ निर्धारण भएको छ ।