सुनको भाउ बढ्यो, कतिमा भयाे काराेबार ?

काठमाडौं, १२ असार । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।