सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते

सिन्धुपाल्चोक, १४ असार । सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते भएका छन् ।

भाेताङबाट तीपेनीहुँदै काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक बस मेलम्ची पारी दुर्घटनामा परेको हो ।

गाडीमा सवार करिब ८ जना मध्ये घाइतेहरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

घाइते हुनेहरूमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा, नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।

घाइतेहरूको मेलम्ची नगर अस्पतालमा सामान्य उपचार पछि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ । घाइतेको अवस्था सामान्य छ । चालक महेश्वर ढकाल भने गम्भीर छन् ।