पहिलो हाफमा नेपाल १–० ले पछाडी
काठमाडौँ, साउन ५ गते । साफ यु२० महिला च्याम्पियन्सीपमा नेपाल सोमबार भएको अन्तिम तथा निर्णायक खेलमा बङगलादेशसँग १–० ले पछाडि परेको छ ।
खेलको आठौं मिनेटमा बङगलादेशक सागोरिकाले गोल गरी घरेलु टिम बङगलादेशलाई अगाडि पारेकी थिइन् । नेपाली गोलकिपर सुजाता तामाङ डिबक्सबाहिर अगाडि बढेको अवस्थामा सागरिकाले उनलाई बिट गर्दै खुल्ला गोलपोस्टमा बल छिराएकी हुन् ।
चालू प्रतियोगतामा नेपालले यसअघि, बंगलादेशसँगको ३–२ ले हार वेहोरेको थियो । नेपाललाई च्यामिपयन बन्न आज बङगलादेशविरुद्ध जित आवश्यक छ ।