नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्वारा भक्तपुरकाे ऐतिहासिक स्थल चट्टनी अभिलेख परिसरमा वृक्षारोपण

भक्तपुर, ७ असोज । नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्वारा भक्तपुरकाे ऐतिहासिक स्थल चट्टनी अभिलेख परिसरमा वृक्षारोपण गरेका छन् ।

पहिलो बाल मुद्रा संकलक दाजुबहिनीद्वा लक्ष्यजित मल्ल र समृद्धि मल्लले मंगलबार चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हलालगाउँकाे ऐतिहासिक चट्टानी अभिलेख परिसरमा बृहत् वृक्षारोपणमा सहभागी भइ वृक्षारोपण गरेका हुन् ।

बृहत् वृक्षारोपणसंगै वातावरण संरक्षण, स्थानीय ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले भ्रष्टाचार विराेधी अभियन्ता तथा स्वतन्त्र पत्रकारसंघ नेपालका केन्द्रीय सदस्य प्रेमध्वज लामाकाे संयाेजन तथा रेडियाे जनसञ्चारले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ३० भन्दा बढी व्यक्तित्वहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनी राजा भुवन मल्लका १७ औँ पुस्ताका सन्तान हुन् । देशको ‘पहिलो’ वा ‘सबैभन्दा कम उमेरका’ बाल सिक्का सङ्कलकको रूपमा पहिचान बनाएका दाजुबहिनी जसले बाल्यकालमै लिच्छवि र मल्लकालीन सिक्काहरू सङ्कलन गर्न सुरु गरेका थिए । पुराना मुद्राहरूको ऐतिहासिक पक्ष समेटिएको नेपालकै पहिलो बाल मुद्रा संकलक दाजुबहिनीलाई वृक्षारोपणस्थलमै भक्तपुरमा प्रमुख जिल्ला अधिकारीद्वारा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *