महिला कबड्डीमा नेपाललाई कास्य

काठमाडौँ, ९ असोज । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा भारतले पहिलो हाफमा ३१–१७ र दोस्रो हाफमा १७–७ को अग्रता कायम गर्दै नेपाललाई पराजित गरेको हो।

भारतसँग पराजित भएसँगै नेपालले कास्य पदकमा चित्त बुझाएको छ। गत संस्करणको १९औँ एसियन गेम्समा पनि नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै कास्य पदकमा सीमित भएको थियो।

यस प्रतियोगिताको समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो।

जारी एसियन गेम्समा यो नेपालको दोस्रो पदक हो। यसअघि पुरुष करातेको ८४ केजी कुमितेमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *