अस्ट्रेलियामा नेपालको लगातार तेस्रो हार

काठमाडौँ, २ भदौ । टप एन्ड टी–ट्वान्टी सिरिजमा नेपाल सोमबार मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपालले नर्दन टेरिटोरी स्ट्राइक र बङ्गलादेशको ‘ए’ टिमसँग पराजय वेहोरेको थियो ।

अस्ट्रेलयाको डार्विनमा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा सात विकेटको क्षतिमा १७६ रन बनाएको थियो । नेपालले जवाफमा सात विकेटको क्षतिमा १४४ रन मात्र बनाउनसक्यो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वाधकि ५३ रन बनाए । उनले ४८ बलको सामना गरी चार चौका र एक छक्का प्रहार गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले १३ बलमा चार चौकासहित २५ रनको तेज पालि खेलेका थिए । यद्यपि भुर्तेल र वन डाउन ब्याट्सम्यान भीम सार्की (१ रन) फटाफट आउट भएप्छि नेपाल दबाबमा पर्यो । नेपालको स्थिति दुई विकेटको क्षतिमा ३२ रन भएको थियो ।

आसिफले कप्तान रोहित पौडेलसँग मिलेर ८७ रनको साझेदारी गरी नेपाललाई खेलमा फर्काउने प्रयास गरे । यद्यपि आसिफ आउट भएको केह िस्मयपछि नै दिपेन्द्र सिंह ऐरी (१ रन) पनि पवेलियन फर्केपछि नेपाल लक्ष्यभन्दा धेरै पर पुग्यो । त्यसपछि कुशल मल्लले ११ रन बनाए । आरिफ शेख आठ रनमा अविजित रहे । मेलवर्न स्टार्सका लाग अस्टिन एनलेजार्क र डाउ वारेनले दुई–दुई विकेट लिए ।

यसअघि नेपालले मेलवर्न स्टार्सका प्रारम्भिक ब्याट्सम्यान क्याम्पबेल केलावेलाई दुई रनमा आउट गरेर राम्रो सुरुआत गरेको थियो । सोमपाल कामीले केलावेलाई आउट गरेका हुन् ।

तर दोस्रो विकेटका लागि थोमस रोजर्स र बेल्क म्याकडोलान्डले १२२ रनको साझेदारी गरी नेपाललाई निराश पारे । बेल्कले ४७ बलमा सर्वाधिक ७४ रन बनाए । उनको पालिमा सात चौका र दुई छक्का सामेल थियो । थोमसले ६५ रनको योगदान दिए ।

सो पालिमा नेपालका लेग स्पीनर सन्दीपले चार ओभरमा २६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । सन्दीपले बिग ब्वास लिगमा मेलवर्न स्टार्सबाट खेलिसकेका छन् । कसोमपाल र सहाब अलामको नाममा एक–एक विकेट रह्यो ।

नेपालले मंगलबार होबार्ट ह्युरिकेन्ससँग खेल्नेछ।