भारत र पाकिस्तानका खेलाडीले हात मिलाएनन्

दुबई, ६ असोज । एसिया कप सुपर चारअन्तगत आइतबार राति भएको खेलमा भारत र पाकिस्तानका क्रिकेटरले खेलअघि र खेलपछि एकअर्कासँग हात मिलाएनन् । यसअघि समूह चरणमा पनि भारतीय खेलाडीले पाकिस्तानी खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका थिए । ।

गत अप्रिलमा पहलगाममा भएको आक्रमणपछि यी दुई देशबिचको तनाव अझ बढेको छ । चालू एसिया कप भारतमा हुनुपर्ने थयो । तर भारत र पाकिस्तानी क्रिकेट बोर्ड एकअर्काको देशमा गएर खेल्न राजी नभएपछि युएइमा प्रतियोगिता सर्यो । भारतका कप्तान सुर्य कुमार यादवले भारतीय क्रिकेट बोर्ड र सरकारको निर्देशनअनुरुप आप्mना खेलाडीले पाकिस्तानी खेलाडीसँग हात नमिलाएको बताएका छन् ।