ब्राजिललाई जापानले पहिलो पटक हरायो

टोकियो, असोज २८ गते । अन्तर्राष्ट्रिय मैत्री खेलमा जापानले मङगलबार ब्राजिललाई ३–२ ले स्तब्ध बनाएको छ । जापनले दुई गोलले पछाडी परेर पुनरागमन जित हात प्राप्त गरेको हो ।

जापानले पहिलो पटक ब्राजिललाई हराएको हो । यसअघि, जापानले ब्राजिलसँग १३ खेलमा जित्नसकेको थिएन ।

ब्राजिलले चार दिनअघि दक्षिण कोरियालाई ५–० ले हराएको थियो । पाँच पटकको विश्व विजेता ब्राजिलले जापानविरुद्ध पनि मध्यान्तमार दुई गोलले अग्रता बनाएर आफ्नो लय कायम राख्यो । पल हेनरिक र गाब्रियल मार्टिनेलीको गोलले मध्यान्तरमा दुई गोलले अगाडि ब्राजिल जापानविरुद्ध १२ औँ जितको नजिक थियो ।

उत्तराद्र्धको सातौँ मिनेटमा ताकुमी मिनामिनोले खेल २–१ परे केइटो नामामुराले बराबरी गरे । त्यसपछि खेलको ७१ औँ मिनेटमा आएसे उएडाले हेडरमार्फत् निर्णायक गोल गरे । यी दुवै टिम आगामी फिफा विश्वकपमा चयन भइसकेका छन् ।