दक्षिण अफ्रिका, आइभरिकोस्ट र सेनेगल विश्वकपमा चयन
जोहानसवर्ग, २९ असोज । दक्षिण अफ्रिका मङगलबार राति रुवान्डालाई ३–० ले हराएर विश्वकप फुटबलमा चयन भएको छ । सन् २०१० मा विश्वकपका आयोजना गरेपछि दक्षिण अफ्रिका पहिलो पटक विश्वकपमा खेल्नेछ । दक्षिण अफ्रिकाको जितपछि सोह सअूहमा दोस्रो स्थानमा रहेको नाइजेरियाले प्लेअफ खेल्नुपर्ने भएको छ ।
यसैगरी आइभरी कोस्ट र सेनेगल पनि अफ्रिकी समूहबाट विश्वकपमा चयन भएका छन् । आइभरिकोटले केन्यालाई ३–० ले हरायो । आइभरि कोस्ट पछिल्ला दुई विश्वकपमा चयन हुन सकेको थिएन । यसैगरी सेनेगलले माउरितानियालाई ४–० ले हराएर विश्वकपमा स्थान बनायो । सेनेगल लगातार तेस्रो पटक विश्वकप खेल्दैछ ।