यु१७ महिला एसियन कप छनोटमा तुर्कमिनिस्तानसँग रोकियो नेपाल

काठमाडौँ, २९ असोज । यु१७ महिला एसियन कप छनोटमा नेपालले बुधबार तुर्कमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको छ ।

थाइल्यान्डको चोनबुरी डाइकिन रङगशालामा भएको खेलमा नेपालले दबाब बनाएर पनि गोल गर्न सकेन । समूह एफअन्तर्गत भएको पहिलो खेलमा गत सोमबार थाइल्यान्डले तुर्कमिनिस्तानलाई १७–० ले नराम्ररी हराएपछि नेपाललाई जितको दावेदार मानिएको थियो ।

नेपालले अब शुक्रबार थाइल्यान्डको सामना गर्नेछ ।